न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पाेखरा | माघ १९, २०८१

न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो ।


पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो । 


टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । 


तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो ।


अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । उक्त खे साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्